महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने डा. बाबुराम भट्टराईको प्रस्ताव

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वदलीय सरकार गठनको प्रस्ताव गरेका छन् ।

भट्टराईले वर्तमान प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरु बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने प्रस्ताव अगाडि सारेका छन् ।

यसको मतलव उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्न अस्वीकार गरेका हुन् ।

देउवा नेतृत्वमा सरकार गठन गर्न अस्वीकार गरेका भट्टराईले पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर निर्वाचनमा जानुपर्ने संकेत गरेका छन् ।

ठाकुरलाई प्रधानमन्त्री प्रस्ताव गर्दा सबैले सहमति जनाउनसक्ने सम्भावनासहित भट्टराईले यस्तो प्रस्ताव अघि सारेको हुनसक्ने विश्लेषण हुन थालेको छ ।

५ जेठ २०७८, बुधवार १७:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु