कोरोना अपडेट : थप ८ हजार १७३ जनालाई कोरोना, २४६ को मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यस्तै गत २४ घण्टामा देशभर २४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६५७ पुगेको छ ।
गत चौबीस घण्टामा ७ हजार ९८९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
५ जेठ २०७८, बुधवार १६:५८ बजे प्रकाशित





