प्रचण्डको फोनपछी माधव नेपालद्वारा खिमलाल देवकोटालाई मतदान गर्न आन्तरिक सर्कुलर

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले बागमती प्रदेशमा हुने चुनावमा खिमलाल देवकोटालाई मतदान गर्न आन्तरिक सर्कुलर गरेका छन् ।
नेता नेपालको सचिवालयले राष्ट्रियसभाको उपनिर्वाचनमा देवकोटालाई मतदान गर्न एमालेका मतदातालाई छुट दिइएको बताएको छ ।
गृहमन्त्रीसमेत रहेका एमाले उम्मेद्वार रामबहादुर थापा, बादलसँगको भेटमा नेता नेपालले पनि यहि भनेको सचिवालयले भने जनाएको छ ।
स्रोतका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले फोन गरेपछि नेता नेपालले आन्तरिक सर्कुलर नै गरेका हुन ।
नेता नेपालका स्वकीय सचिव मोहन गौतमले बिज्ञप्ती जारी गरेर भनेका छन , ‘कमरेड राम बहादुर थापा कोटेश्वर निवासमा आई राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्व प्रधानमन्त्री एवं वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा। खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो ।’
५ जेठ २०७८, बुधवार १६:४८ बजे प्रकाशित