प्रधानमन्त्रीको सपथग्रहण बदर गर्न माग गर्दै सर्वोच्चमा चारवटा रिट दर्ता

वैशाख ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथग्रहण बदर गर्न माग गर्दै सर्वोच्चमा चारवटा रिट दर्ता भएका छन् ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी र राजकुमार सुवालले छुटाछुट्टै रिट दर्ता गराएका हुन् ।

उनीहरुले दायर गरेको रिटमा सपथ बदर गर्नुपर्ने मागदाबी गरिएको छ र सातजना गैरसांसदहरुलाई मन्त्री बनाइएको भन्दै बदर गर्न पनि माग गरिएको छ।

३ जेठ २०७८, सोमवार १४:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु