आजदेखि टेलिकमको भिओएलटिई सेवा परीक्षण

नेपाल टेलिकमले आजबाट भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण सुरु गरेको छ।

वायरलेस प्रविधिको चौथो पुस्ता फोरजीमा एलटिई सेवाको परीक्षण सुरु गरिएको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए ।

उक्त सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेशन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महसुस गर्न सकिने उनले जनाए ।

३ जेठ २०७८, सोमवार १४:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु