खोप कार्यक्रमबारे ललितपुर महानगरले गर्‍यो ६ निर्णय (पत्रसहित)

ललितपुर महानगरपालिकाले कोरोना संक्रमणविरुद्धको खोपबारे विभिन्न छवटा निर्णय गरेको छ।

पहिलो डोज चिनियाँ खोप ९भेरोसिल० लगाएका व्यक्तिलाई दोस्रो डोज खोप यही ६ गतेदेखि १३ गतेसम्म सञ्चालन गर्नेसहित महानगरपालिकाले विभिन्न निर्णय गरेको हो।

के_ के भए निर्णय ?

निर्णय नं. १
कोरोना भाइरस विरुद्धको पहिलो डोज चाइनिज खोप (भेरोसिल) लगाएका व्यक्तिहरुलाई दोस्रो डोज खोप यही २०७८ जेठ ६ गते देखि १३ गतेसम्म ९शनिबारबाहेक० सञ्चालन गर्ने ।

यसका लागि प्रत्येक वडामा उपलब्ध खुल्ला तथा स्वास्थ्य सुरक्षाका दृष्टिले उपयुक्त स्थान छनौट गरी महानगरपालिकाका २९ वटै वडाहरुमा खोप केन्द्र राखि कार्यक्रम सन्चालन गर्ने ।

उल्लेखित आधारमा उपयुक्त खोप केन्द्र छनौट गरी यहि जेठ ३ गते भित्र सम्बन्धित बड़ा अध्यक्षले नगरस्तरिय खोप समन्वय समितिमा जानकारी गराउने साथै जिल्ला स्वास्थ्य कार्यालय, महानगरपालिका समेत संग समन्वय गरीइ खोप कार्यक्रमको सम्योजन सम्बन्धित बडाले गर्ने ।

निर्णय नं. २
खोप कार्यक्रम सन्चालन गर्नका लागि बडामा उपलब्ध भ्याक्सिनेटर र स्वयंसेवक लगायतका आवश्यक जनशक्ति समयबद्ध तरिकाले खटाउने प्रबन्ध सम्बन्धित बडाले मिलाउने ।

खोपमा खटिएका जनशक्तिलाई आवश्यक पर्ने पोशाक तथा स्वास्थ्य सुरक्षा सामाग्री, भ्याक्सिन जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराउने ।

निर्णय नं. ३
खोप कार्यक्रम सन्चालन गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त अख्तियारी र मापदण्ड भन्दा बढी जनशक्ति र स्वास्थ्य सुरक्षा सामाग्री आवश्यक परेको खण्डमा बड़ा कार्यालयलाई कोभिड रोकथाम तथा नियन्त्रण शिर्षकमा विनियोजन गरिएको । तीन लाख बजेटबाट सम्बन्धित बडाले खर्च गर्ने।

निर्णय नं. ४
खोप कार्यक्रमलाई प्रभावकारी र ब्यवस्थित बनाउन आवश्यक अन्य कियाकलापहरु सम्बन्धित बडाले निर्णय गरी सन्चालन गर्ने र सोको जानकारी महानगरीय खोप समन्वय समितिलाई गराउने ।

निर्णय नं. ५
खोप कार्यक्रमसँग सम्बन्धित विषयको सूचना तथा जानकारी सरल भाषामा हरेक टोल टोलमा सम्बन्धित बडाले गर्ने र गराउने यस प्रयोजनका लागि नगर प्रहरी बल लगायत अन्य सरोकारवालाको समेत व्यापक परिचालन गर्ने ।

निर्णय नं. ६
खोप कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण परिपालना र न्यूनतम ४ मिटरको दुरी कायम गर्ने । सोका लागि महानगरीय प्रहरी परिसरलाई सुरक्षा व्यवस्था कायम गर्न अनुरोध गर्ने र यसकार्यक्रमको सूक्ष्म अनुगमन समेत गर्ने ।

lalitpur nagar khop

३ जेठ २०७८, सोमवार १४:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु