माधव नेपालसंग गले ओली : जेठ २ मा फर्किन सहमत
कार्यदल बनाउने जिम्मा ओली र नेपाललाई

३१ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीलाई जेठ २ ९माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको अवस्था० को अवस्थामा फर्काउन तयार भएका छन् ।
बिहीबार भएको वार्ता सकारात्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ(आफ्नो पक्ष नेताहरुसहित शुक्रबार फेरि वार्तामा बसेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा अध्यक्ष ओली नेपाल समूहको मागअनुसार जेठ २ मा फर्किन सहमत भएको एक सहभागीले बताए ।
माओवादी केन्द्रबाट आएका नेताहरुको जिम्मेवारी लगायतका विषयमा गृहकार्य गर्न कार्यदल बनाउने सहमति भएको छ । दुईर् नेताहरु बसेर कार्यदलका सदस्यहरु टुंगो लगाउने एमाले नेता भीम रावलले जानकारी दिएका छन् ।
नेपाल समूहले एमाले ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने अडान लिँदै आएको छ ।
तर ५ पुसमा संसद विघटन गरेपछि साविकको नेकपामा आफूलाई साथ दिएका माओवादी तर्फका नेताहरुलाई छुट्टै संरचना बनाएका ओली त्यसलाई भत्काउन चाहँदैनन् । गएको १० वैशाखमा मात्रै माओवादी छोडेका नेताहरुलाई समेट्दै नेपाल समूहविहीन स्थायी कमिटी गठन गरेका छन् । अब नेपाल समूहको शर्त मान्नलाई अध्यक्ष ओलीले ५ पुसयता बनेका सबै कमिटी विघटन गर्नुपर्ने हुन्छ ।
माधव नेपाल समूहले ४–५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला गरेर जनसंगठनदेखि भूगोलमा समेत समानान्तर संगठन बनाएका छन् । सहमति जुट्दा यो कमिटी पनि खारेज गर्नुपर्ने हुन्छ ।
नेताहरूका अनुसार यसमा कार्यदलले गृहकार्य गर्नेछ । यदि तलका कमिटीहरू ब्युँताउन ओली तयार भए माथिल्ला कमिटीमा माओवादीबाट कमिटीहरूमा आएका नेताहरुलाई समेटेर अगाडि जान सकिने नेपाल समूहका नेताहरुले बताएका छन् ।
बैठकबाट कार्यदल बनाउने जिम्मा ओली र नेपाललाई दिइएको छ ।
३१ वैशाख २०७८, शुक्रवार २२:०४ बजे प्रकाशित