सांसदहरुलाई रिसोर्टमा राखेर महन्थ ठाकुर र राजेन्द्र महतो भारतीय दूतावास गए

सांसदहरुलाई रिसोर्टमा राखेर जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भारतीय दूतावास पुगेका छन् । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिँनै लाग्दा नदसई नेताको दूतावास प्रवेशलार्य अर्थपूर्ण रुपमा हेरिएको छ ।

आफूपक्षीय सांसदहरूलाई भक्तपुरस्थित डोलेश्वर रिसोर्टमा राखेर दुवै नेता लैनचौरस्थित भारतीय दूतावास पुगेका छन्।

रिसोर्टमा महन्थ–राजेन्द्र पक्षीय १३ सांसद रहेको बुझिएको छ। तर ठाकुर पक्षले १९ सांसद रहेको दावी गरिरहेको छ ।

३० वैशाख २०७८, बिहीवार १८:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु