‘वीर विक्रम २’अब हिन्दी भाषामा प्रदर्शन हुने

मिलन चाम्स निर्देशित सुपरहिट फिल्म ‘वीर विक्रम २’ अब हिन्दी भाषामा समेत प्रदर्शन हुने भएको छ ।

कोरोनाभाइरस महामारी सामान्य भएपछि फिल्मलाई भारतीय डायस्पोरामा रिलिज गर्ने जानकारी निर्देशक चाम्सले दिए ।

कोरोनाको दोस्रो लहर अगाडि भारतमा प्रदर्शन गर्ने योजना बनाइएपनि भाइरसको भयावह अवस्थाले त्यसलाई रोक्नुपरेको चाम्सले बताए ।

निर्देशक चाम्सले फिल्मको हिन्दी संस्करणको दृश्यांश सामाजिक संजालमा सेयर गरेका छन् जसलाई हिन्दी भाषामा स्वरांकन गरिएको छ ।

भाइरस महामारी कायमै रहे यसलाई युट्युवमा रिलिज गर्ने योजनामा निर्देशक चाम्स छन् ।

दोस्रो चरणको लकडाउनअघि चाम्सको निर्माण एवं निर्देशन रहेको फिल्म ‘गोर्खा वारियर’को छायांकन सुरु भएको थियो ।

अवस्था सामान्य भए छायांकनलाई पनि अगाडि बढाउने उनको योजना छ ।

३० वैशाख २०७८, बिहीवार १९:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु