सामूहिक राजीनामा ‘आत्मदाहको बाटो’ भएको विष्णु पौडेलको टिप्पणी

नेकपा एमालेको विभाजन र माधव नेपाल पक्षका सांसदको राजीनामा रोक्ने प्रयास जारी रहेका बेला त्यो प्रयास सफल हुन नसकेको ओली निकट नेता बिष्णु पौडेलले बताएका छन् ।

पौडेलले सामूहिक राजीनामा ‘आत्मदाहको बाटो’ भएको टिप्पणी गरे ।

सिंहदरबारमा पत्रकारहरुसँग कुराकानी गर्दै पौडेलले सहमति र एकताको सम्भावना सकिएको बताए ।

‘माधवजीहरू जहाँ पुग्नुभएको छ त्यहीँ रोकिएर सहमतितर्फ एककदम फर्कनुपर्छ । सामूहिक राजीनामा भनेको आत्मदाहको बाटो हो । विनाशको बाटो हो । त्यो बाटो हिड्नुहुँदैन भन्ने लाग्छ’, पौडेलले भने ।

माधव नेपाल पक्षका तीन दर्जन सांसदहरु राजीनामा पत्र लिएर संसद सचिवालय पुगे

२६ वैशाख २०७८, आइतवार १७:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु