माधव नेपाल पक्षका तीन दर्जन सांसदहरु राजीनामा पत्र लिएर संसद सचिवालय पुगे

२६ वैशाख, काठमाडौं । नेकपा एमालेका बरिस्ठ नेता माधव कुमार नेपाल पक्षका तीन दर्जन सांसदहरु राजीनामा पत्र लिएर संसद सचिवालय पुगेका छन् ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिश्वासको मत लिदैछ्न । त्यसअघि नै राजिनामा दिने तयारीका साथ उनीहरू संसद सचिवालय पुगेका हुन ।

ठिक त्यही बेला ओली निकट नेताहरु विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट्न सिंहदरवार पुगे ।

नेता नेपाललाई भेट्न पौडेल र नेम्वाङ सिंहदरबार पुगेका हुन । नेपाल पक्षको स्थायी कमिटीका नेताहरुबीच छलफल भइरहेका बेला पौडेल र नेम्वाङले नेता नेपालसँग भेट्न समय लिएका थिए ।

तर नेता नेपालले भने स्थायी कमिटी बैठकमा बसिरहेको र त्यसपछि सांसदहरुसँग बैठक सकेर भेट्न सकिने जवाफ दिएका स्रोतले बताएको छ ।

तर पौडेल र नेम्वाङले सांसदहरुको बैठकअघि नै भेट्न जोड दिएका थिए । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेपछि भोलि संसद्को विशेष अधिवेशन बोलाइएको छ ।

त्यसअगाडि नै माधव नेपाल समूहका सांसदहरुले सामुहिक राजीनामाको तयारी गरेका छन् । २ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्वमा ओली फर्कन तयार नभएमा विश्वासको मत दिनु अगाडि नै राजीनामा दिने तयारी यो समूहले गरेको छ ।

२६ वैशाख २०७८, आइतवार १६:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु