प्रदिप नेपालले गरे कित्ता क्लीयर खुले प्रचण्ड समूहमा

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रदीप नेपालले आफ्नो राजनीतिक कित्ता क्लीयर गरेका छन् । उनले पार्टी कार्यालय पेरिसडाँडामा नागरिकताको प्रतिलिपी दिएसंगै उनि प्रचण्ड-नेपाल समूहमा खुलेका हुन् ।
नेपालको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रदीप नेपाल संगठन र प्रचा विभागका ‘प्रोमिनेन्ट फिगर’ मानिन्छन्।
कम्युनिस्ट पार्टीको कोअर्डिनेसनकाल देखिका नेता नेपाल प्रधानमन्त्री ओलीका समकालनीन नेता हुन्। कम्युनिस्ट पार्टीमा बलियो ‘लिगेसी’ कायम गरेका नेता नेपालले आज खुलेर प्रचण्ड-नेपाल समूहसँग जोडिएका हुन्।
प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न आज आफ्ना पक्षका केन्द्रीय सदस्यहरूलाई नागरिकता बुझाउन भनेको थियो। एकीकृत नेकपाका ४४१ सदस्यमध्ये २९० जनाले आज नागरिकता दिएको उक्त समूहले जानकारी दिएको छ।
८ फागुन २०७७, शनिवार ०७:४५ बजे प्रकाशित