सर्वोच्चले संसद् पुर्नस्थापना नगर्ने संकेत दियो : सुवास नेम्वाङ

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुवास नेम्वाङले सर्वोच्चले संसद् पुर्नस्थापना नगर्ने संकेत दिएको बताएका छन् ।

एमिकस क्युरीका पाँच जना मध्ये प्रतिनिधिसभा विघटनको पक्षमा एक, विपक्षमा चार जना उभिएका छन् यसतर्फ लक्षित गर्दै सर्वोच्चले संसद् पुर्नस्थापना नगर्ने संकेत दिएको बताएका हुन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन घोषणा गर्ने काम दुई सय प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो’ उनले भने, ‘सर्वोच्च अदालतले यस बारेमा अन्तरिम आदेश नदिनु भनेको निर्वाचन सम्बन्धी काम गर्दै गर्नु भनेको हो। तर, पछिःल्लो संकेत पहिले जस्तै छैन् । अहिले नभएपछि दुई वर्षपछि चुनाव भइहाल्छ, त्यसैले चुनावी कार्यक्रममा जुट्नुपर्छ।’

८ फागुन २०७७, शनिवार ०७:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु