मन्त्रीमाथी बम प्रहार, अवस्था गम्भीर
 
			भारत पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम प्रहार भएको छ । बम प्रहारबाट हुसेन गम्भीर घाइते भएका छन् ।
उनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरिएको छ । मुर्सिदावाद जिल्लाको निमटिटा स्टेशनबाट कोलकाता जानका लागि रेल चढ्न जाँदै गर्दा अज्ञात व्यक्तिले मन्त्री हुसेनमाथि बम प्रहार गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
बम प्रहारको भारतभर निन्दा भएको छ ।
यसैबीच भारतका पूर्व केन्द्रीय मन्त्री एवम् कांग्रेस नेता क्याप्टेन सतिश शर्माको निधन भएको छ । उनको ७३ वर्षको उमेरमा बुधबार गोवामा निधन भएको हो । उनी सन् १९९३ देखि १९९६ सम्म पेट्रोलियम एवम् प्राकृतिक ग्यास मन्त्री बनेका थिए ।
८ फागुन २०७७, शनिवार ०७:२० बजे प्रकाशित
 
						 




