प्रधानमन्त्री ओली र राष्ट्रपतिबीचको भेट सकियो, प्रदेशसभा विघटनबारे छलफल

प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेट सकिएको छ । राष्ट्रपतिसंग भेट गर्न प्रधानमन्त्री ओली शितल निवास पुगेका थिए ।

समूहसहित निर्वाचन आयोग पुगेका ओली त्यहाँबाट सिधै शितल निवास पुगेका थिए । भेटमा प्रदेश सभा विघटनबारे कुराकानी भएको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रतिनिधिसभाको निर्वाचन लगत्रै प्रदेश सभाको पनि चुनाव गर्ने गरी विघटन गर्ने विषयमा छलफल भएको छ ।

आयोगलाई निर्वाचन प्रक्रिया एक मिनेट पनि नरोक्न आग्रह गरेका ओली सिधै शितल निवास पुगेका थिए । सोमबार मात्रै मन्त्रिपरिषद्ले पहिलो चरणमा चार प्रदेश र दोस्रो चरणमा तीन प्रदेशमा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

२७ माघ २०७७, मंगलवार १८:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु