नेकपा एकीकृत र एकताबद्धरुपमा छ : प्रवक्ता श्रेष्ठ

कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी नफुटेको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले पार्टी अनुशासनको गम्भीर उल्लङ्घन गरेको जानकारी दिंदै प्रवक्ता श्रेष्ठले नेकपा नफुटेको बताएका हुन् ।

“नेकपा फुटेको छैन, नेकपा एकीकृत र एकताबद्धरुपमा छ”, उनले भने ।

साथै आफू कसैको, कुनै व्यक्ति र गुटको प्रवक्ता नभई नेकपाको प्रवक्ता भएको जिकिर गरे ।

“बैठकले मलाई थप उत्साहित ढङ्गबाट प्रवक्ताको जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ”, उनले भने ।

७ पुस २०७७, मंगलवार २०:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु