प्रचण्डले राष्ट्रिय एकतालाई बिगारेको आरोप
नेकपाका नेता महेश बस्नेतले केपी शर्मा ओलीले गरेको योगदान प्रचण्डले बिर्सेको आरोप लगाएका छन् ।
मृत्युतुल्य भइसकेको तत्कालिन माओवादीलाई ओलीले उद्धार गरेको उनले जिकिर गरे ।
लिम्बुलाई लिम्बुबान, मधेशीलाई मधेश, थारुलाई थरुहट, नेवारलाई नेवा देखाउने प्रचण्डले राष्ट्रिय एकतालाई बिगारेको उनले आरोप लगाए ।
‘माओवादी तहसनहस भइसकेको थियो । उसको जनमत छँदै थिएन । बढारिइसकेको थियो’ बस्नेतले भने, ‘यस्तो अवस्थामा आईसीयू र कोमामा हालेर अक्सिजन दिएर बचाइयो । तर, अहिले बचाउने केपी ओलीलाई नै घेराबन्दीमा राख्न खोजियो ।’
७ पुस २०७७, मंगलवार २०:३५ बजे प्रकाशित













