नेकपा फुट्यो , माधव नेपाल बने अध्यक्ष

वामदेव र बादल कतै गएनन्

पुस, ७ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा औपचारिक रुपमै फुटेको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल पक्षले छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक राखेर फरक फरक निर्णय लिएका छन् ।

तर, फुटको औपचारीक घोषणा भने भएको छैन् । एक पक्षले अर्को पक्षलाई आफ्नो पार्टी बैध रहेको र बैध पार्टीमा आउन आग्रह गरेका छन् ।

बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय कमिटीको बैठकले केन्द्रीय समिति ११९९ सदस्यीय बनाउने निर्णय गर्यो । ओली पक्षले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई ११९९ सदस्यीय बनाउने निर्णय गरेको हो ।

यस्तै, पार्टीको महाधिवेशन २०७८ साल मंसिर २ गते काठमाडौंमा गर्ने गरी महाधिवेशनको मिति निर्धारण गरेको छ ।

चौथो केन्द्रीय कमिटीले प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभाको विघटन र नयाँ निर्वाचनको घोषणालाई, समर्थन गर्दै एकताबद्ध भएर निर्वाचनको तयारीमा लाग्ने संकल्प गरेको छ । पार्टी व्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीव ज्ञवालीलाई नियुक्त गरेको छ ।

र अर्को केन्द्रीय कमिटीको अर्को बैठक पुस ९ गते दिउँसो १ बजे बस्ने पनि तय गरेको छ ।

०७५ साल जेठ ३ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र एकीकरण भई बनेको थियो । नेपाल कम्युनिस्ट पार्टीको त्यतिबेलाको अवस्थामा ४४१ सदस्यीय केन्द्रीय कमिटी थियो । मंगलबार फरक फरक केन्द्रीय कमिटी बैठक बसेका हुन् ।

ओली हटे, नेपाल बने अध्यक्ष

यता प्रचण्ड– माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ ।

बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो ।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, लोकतन्त्र, पार्टी एकताको विरुद्धमा कार्य गरेकाले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेकाले पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्यो ।

त्यसपछि रिक्त हुन पुगेको एक जना अध्यक्ष पदमा नेता माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको हो ।

अर्को बैठक बिहीबार साढे ११ बजे बोलाइएको पनि उनले बताए । मंगलबारको बैठकले नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी बैठकमा मनोनीत गर्ने स्थायी कमिटीको प्रस्तावलाई पनि अनुमोदन गरेको छ ।

बैठकले संसद विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी, निरंकुश र स्वेच्छाचारी भन्दै भत्र्सना र अस्वीकार गर्ने निर्णय गरेको छ ।

बैठकले अविलम्ब संसदको अधिवेशन आह्वान गर्न र संसदको नियमित काम सञ्चालन गर्न माग गरेको छ ।

संसद विघटनको निर्णयविरुद्ध संघर्ष गर्ने निर्णय पनि गरेको छ ।

बैठकले नेकपाको कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारीमाथि गरिएको कारबाही फुकुवा गर्दै पुरानै जिम्मेवारीमा फर्काउने निर्णय पनि गरेको छ ।

दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड–नेपाल तिर

नेकपाका दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड– माधव समूहतिर लागेका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठकमा ३१५ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।

यो संख्या नेकपाको वर्तमान केन्द्रीय कमिटीको दुई तिहाइभन्दा बढी हो ।

नेकपाको वर्तमान केन्द्रीय कमिटीमा ४४७ जना छन्, जसमध्ये केहीको मृत्यु भएको छ ।

ओलीलाई प्रचण्डको प्रश्न– एकतिहाइ बसेर तीन तिहाइ सदस्य थप्न मिल्छ रु

वामदेव र बादल कतै गएनन्

वामदेव गौतम र रामबहादुर थापा ‘बादल’ ओली र प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटीमा गएनन् । दुबै पक्षले दुबे आफुतिर आउने दाबी पनि गरेको छ ।

अध्यक्ष प्रचण्डले दुबैलाई पार्टीको बैठकमा सहभागी हुन आग्रह गरेका छन् । बादल र वामदेव पनि भोलिदेखि बैठकमा सहभागी हुने प्रचण्डले दाबीसमेत गरे ।

दुबै जना कता रहने हुन भन्ने अझैसम्म क्लिएर भएको छैन् ।

गौमतले तत्काल कुनै समूहमा नजाने पनि बताएका छन् । मंगलबार बिहान नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ गौतमलाई भेट्न उनको निवास गएका थिए ।

गौतमलाई दिउँसोको स्थायी र केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन आग्रह गर्दै नेताहरु त्यहाँ पुगेका थिए ।

तर, गौतमले आजका कुनै बैठकमा सहभागी नहुने बताए । उनले दुई चार दिन सोच्न समय चाहिएको त्यहाँ पुगेका एक नेताले बताए ।

यस्तै, सचिवालय सदस्य रामबहादुर थापाले पनि अध्यक्ष दाहाललाई कुनै बैठकमा सहभागी नहुने बताए ।

मंगलबार विहान थापालाई भेट्न पुल्चोक निवास पुगेका दाहाललाई केही दिनमा आफूले निर्णय गर्ने जवाफ दिएका हुन् ।

प्रचण्डको प्रश्न– एकतिहाइ बसेर तीन तिहाइ सदस्य थप्न मिल्छ ?

केपी ओली समूहले बालुवाटारमा गरेको बैठक अवैधानिक भएको प्रचण्डको दाबी छ ।

थापाथलीस्थित कार्की पार्टी प्यालेसमा आयोजित आफ्नो समूहको बैठकलाई सम्वोधन गर्दै प्रचण्डले केपी ओलीमाथि प्रश्न गरे– ‘एकतिहाई सदस्य बसेर तीन तिहाई थप्ने निर्णय गर्न मिल्छ रु’

उनले बैठकमा भने ‘विघटन भएको सरकार हो, संसद होइन ।’

प्रचण्डले संविधानअनुसार प्रधानमन्त्रीलाई कुनै अधिकार नदिएकाले संसद् जीवीतै रहेको बताए ।

‘हिजो मैलै मान्य सदस्यहरुलाई भनेको थिएँ । हामी मरेकै छैनौं । हामी जीवित छौं। हामी अदालत जान्छौं । अदालतमा भन्छौं बहुसंख्यक मान्यहरु गएर विघटन भएको संसद् होइन सरकार हो श्रीमान्, भन्नुपर्ने भयो । हामीले आज रिट निवेदन पनि हालेका छौं,’ उनी भन्छन् ।

प्रचण्डले संसद् विघटन सम्पूर्ण रुपमा पोलिटिकल कोर्स बदल्नका लागि षड्यन्त्र भएको समेत बताए । उनले अब अदालतप्रति विश्वास रहेको पनि बताए ।

“हामीलाई अदालतप्रति भरोसा छ । अदालतले संविधानको प्रावधान र जनभावना तथा बाँकी दलहरुको पनि कुरा बुझ्ने छ । यो असंवैधानिक, अलोकतान्त्रिक र असंवैधानिक निर्णयलाई समर्थन गर्ने छैन । देशको स्थिरताको पक्षमा निर्णय गर्नेछ भन्ने विश्वास छ,’ प्रचण्डले भने ।

उनले पार्टी एकताको साढे दुई वर्षमा विचित्रको भएको बताए ।

बैठकमा प्रचण्डले कुर्सी हटाएको प्रसंग पनि सुनाए ।

उनले कुर्सी सारेकै भएकाले अन्य नेताहरुको मोर्चामा आइपुगेको बताए । ‘मैले कहिलेकाहीँ भन्ने गरेको छु । केपी पीडित मोर्चा भयो है यो । केपीको निरंकुशतावादी प्रवृत्ति, केपीको मार्क्सवाद विरोधी, श्रमजीवी पीडितहरुको मोर्चा भयो,’ उनले सुनाए ।

प्रचण्डले ओलीलाई फेरि स्थान दिने पनि बताए ।

‘केपी ओलीले गल्ती गरेँ, जनताप्रति अन्तरघात गरेँ, मैले पार्टी र सरकार चलाउन सकिनँ, पार्टी होइन गुट चलाएँ भनेर आत्मालोचना गरेर आए हामीले पार्टीमा फेरि पनि स्थान दिन्छौँ’ उनको भनाइ थियो ।

पिलो निचोरेर फाल्दैमा तौल घट्दैन : ओली

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै पिलो निचोरेर फाल्दैमा तौल नघट्ने बताएका छन् ।

उनले बैठकमा जीवन शर्माको गीत गुनगुनाउँदै यस्तो बताएको उनका सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

‘केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदैन अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली । जीवन शर्माको गीत गुनगुनाउँदै भन्नुभयो– पिलो निचोरेर फाल्दैमा तौल घट्दैन’ थापाले लेखेका छन् ।

प्रधानमन्त्रीले आगामी चुनावमा ५० लाख भोट र १२० सीट ल्याउनुपर्ने भन्दै चुनावमा होमिन समेत आव्हान गरेका छन् ।

७ पुस २०७७, मंगलवार २३:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु