आज थप ७२२ जनामा कोरोना संक्रमण र ३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७००० जनामा गरिएको परीक्षणमा ४१२ जना पुरुष र ३१० जना महिला गरी ७२२ जनामा कोरोना संक्रमण भएको हो ।
यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ ।
कोरोना भाइरस संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ ।
हालसम्म मृत्यु हुनेको संख्या १७९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
७ पुस २०७७, मंगलवार १९:५७ बजे प्रकाशित