अबको पार्टी ‘नेकपा एमाले’ भन्दै ईश्वर पोखरेलले गरे गुट भेलामा सम्बोधन ?

काठमाडौंका पूर्व एमालेहरुको भेला भएको छ । भेलालाई उपप्रधानमन्त्री रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले सम्बोधन गरे ।
‘भेलापछि दिलिप भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,
अबको पार्टी : नेकपा एमाले
अबको नीति : जनताको बहुदलीय जनवाद
अबको नेतृत्व : कमरेड ईश्वर पोखरेल
कमरेड केपी शर्मा ओली, कमरेड माधव कुमार नेपाल, कमरेड झलनाथ खनाल, कमरेड वामदेव गौतमको संरक्षकत्वमा पार्टी पुनःगठन गरौँ। परिमार्जित नीति र नेतृत्व सहित अबको चुनावमा समृद्ध नेपाल सुखी नेपालीको नारा सहित चुनावमा जाउँ ।
२३ कात्तिक २०७७, आइतवार १८:२४ बजे प्रकाशित