आज सुनको मूल्य पाँच सयले बढ्यो

नेपालमा आइतबार सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९७ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० तोकेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला रु ९७ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० मा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भइ एक हजार २७५ पुगेको छ ।
२३ कात्तिक २०७७, आइतवार १७:४२ बजे प्रकाशित