थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८१७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। देशभर कूल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ ।
आज २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार २ हजार ८१२ जना संक्रमण मुक्त भएका छन् ।
हाल देशभर ३५ हजार ४१९ जनामा संक्रिय संक्रमण रहेको छ ।
कोभिड १९ संक्रमणका कारण नेपालमा हालसम्म १ हजार १०८ जनाको मृत्यु भइसकेको छ ।
२३ कात्तिक २०७७, आइतवार १७:३० बजे प्रकाशित





