चुनाव हारेका ट्रम्पलाई श्रीमती मेलानियाले डिभोर्स दिँदै !

अमेरिकाको ४६ औँ राष्ट्रपतिय चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनसँग पराजित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को गम्भीर धक्का लागेको छ ।

चुनाव हारेर ह्वाईट हाउसबाट निस्किएपछि उनकी श्रीमती मेलानिया ट्रम्पले डोनाल्ड ट्रम्पसँग सम्बन्ध बिच्छेद गर्ने भएसँगै नमिठो हार व्यहोरेका ट्रम्पलाई अर्को गम्भीर धक्का लागेको हो ।

डेलीमेलले यो समाचार प्रकाशित गर्दै ट्रम्पपत्नीले सम्बन्ध विच्छेद गर्न लागेको दाबी गरेको हो ।

मेलानियाले ट्रम्प पदमा रहँदै देखि सम्बन्ध विच्छेद माग्दै आएको डेलीमेलले आफ्नो समाचार रिपोर्टमा जनाएको छ । साथै उनले ट्रम्प ह्वाइट हाउसबाट बाहिरिएपछि औपचारिक रुपमा सम्बन्धविच्छेद गरेर आफू अलग्गिन पाउँ भनेर मिनेट काउन्ट गरिरहेको डेली मेलको दाबी छ । ट्रम्प र मेलानियाको १५ वर्षको वैवाहिक सम्बन्ध पूरा भइसकेको छ । उनीहरुको विवाह व्यवसायीक सम्झौता मात्रै भएको ट्रम्पकै परिवारबाट अभिव्यक्ति सार्वजनिक भईरहेको बेला बाहिरिएको यो खबरले सारा विश्वमा सनसनी मच्चाएको छ ।

मेलानियाकी एक साथीले भनेकी छन्, ‘उनका श्रीमानले चुनाव जित्नेछन् भनेर मेलानियाले कहिल्यै आशा गरेकी थिइनन् ।’

खबरमा जनाइएअनुसार वाशिंगटनडिसीबाट ह्वाइटहाउस आउन मेलानियाले ६ महिना कुर्नुपरेको थियो । त्यो बेला उनका बच्चाहरुको पढाई बिग्रिने भएकोले उनी आउन ढिला भएको बताइएको थियो ।

यद्यपी विश्वले शक्तिशाली राष्ट्रपतिको नजरले ट्रम्पलाई हेरिरहेका कारण ५० वर्षीया अमेरिकी प्रथम महिला मेलानियाले ७४ वर्षीय श्रीमान ट्रम्पसँग सम्बन्ध राम्रो रहेको बताउँदै आएकी थिइन् । तर उनीहरुको बीचमा कहिले पनि तर्कहरुमा सहमत नभएको र मनमुटाव हुने गरेको समेत खुलासा भएको छ ।

२३ कात्तिक २०७७, आइतवार १९:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु