ओलीले प्रचण्डले अध्यक्ष पद छोडेको भनेर अफवाह फैलाए : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले आफुले कार्यकारी पद परित्याग गरेको भनेर अफवाह फैलाएको गूनासो गरेका छन् ।

प्रचण्ड सहित ५ जना सचिवालय सदस्यहरुले अध्यक्ष तथा प्रधानमन्त्री ओली समक्ष सचिवालय बैठक बोलाउन लिखित माग गरेको घटनालाई राजनीतिक वृत्तमा प्रचण्डले कार्यकारी पद त्याग गरेको रूपमा लिईएको भन्दै केही मिडियाले समाचार बनाए ।

कुरा के हो ? भन्दै जिज्ञासा राख्ने नेताहरुलाई प्रचण्डले प्रधानमन्त्री ओलीले नै यस्तो अफवाह फैलाउन लगाएको प्रतिक्रिया दिएको जनाइएको छ । ‘कार्यकारी पद त्याग गरेको भनेर के लेख्छन भन्ने भएपछि फोन गरेको ओलीले नै अफवाह फैलाउन लगाएको भन्नुभयो’ प्रचण्ड निकट एक नेताले भने ।

प्रचण्डद्वारा कार्यकारी अध्यक्ष पद परित्याग !

शनिवार पार्टी अध्यक्ष ओलीलाई भेट्न कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। उनीहरुल केन्द्रीय सचिवालय बैठक बोलाउनको लागि अध्यक्ष केपी शर्मा ओलीसमक्ष लिखितरूपमा माग राखेका छन् ।

तर, अर्को पक्षको तर्क छ– यदि प्रचण्डले कार्यकारी अध्यक्ष पदको अधिकार प्रयोग गरेको भए, उहाँले अरु चार जनाबाट निवेदन लिनु हुने थियो, तर, आफैँले बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओली समक्ष लिखित माग गरेपछि उहाँले कार्यकारी अध्यक्ष पद परित्याग गरेको रुपमा बुझेका छौं। अध्यक्ष दाहाल सहित भएर गरिएको सचिवालय बैठकको मागले नेकपाको एक मात्र निर्णयकर्ता केपी शर्मा ओली रहेछन् भन्ने प्रष्ट भएको छ।’

नेकपामा केही महिना अघि मात्र अध्यक्ष र महासचिव मिलेर बैठकको एजेण्डा तय गर्ने सहमती भएको थियो।

एक नेता भन्छन्, ‘प्रचण्डले आफूले एजेण्डा तोक्न र बैठक वोलाउन सक्दिन भनेर निवेदन नै दिनुभयो। अब बैठकको एजेण्डा र मिती तोक्ने काम अध्यक्ष ओली र महासचिव मिलेर गर्नुहुन्छ। व्यवहार र आचरणद्वारा प्रचण्डले कार्यकारी पद परित्याग गर्नुभयो।’

२२ कात्तिक २०७७, शनिवार १७:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु