बारमा रामप्रसादले महेश नेपाललाई जिते

नेपाल बार एशोसिएसनले न्याय परिषदमा सिफारिस गर्ने सदस्यको नाम मतदानबाटै टुंगो लगाएको छ । शनिबार बार कमिटीले बहुमतको निर्णयका आधारमा रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।

कानून व्यवसायीहरुको छाता संगठन बारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको बर्चश्व छ ।

न्याय परिषद् सदस्यमा कसलाई पठाउने भन्नेमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद थियो ।

ओली समूहले महेश नेपालको नाम अघि सारेको थियो भने प्रचण्ड(नेपाल समूहले श्रेष्ठलाई पठाउन चाहेको थियो । शनिबार बारमा भएको मतदानमा ओली पक्षका उम्मेदवार पराजित भएका छन् ।

यसअघि परिषद सदस्य सिफारिस भएर पनि दुई महिनाभन्दा बढी काम गर्न नपाएको र वरिष्ठ पनि भएकाले श्रेष्ठलाई पठाउनुपर्ने प्रचण्ड र नेपाल पक्षको तर्क थियो ।

तर, ओली पक्ष त्यसमा सहमत नभएपछि मतदानमै जानुपरेको बारका एक पदाधिकारीले जानकारी दिए ।

बार पदाधिकारीका अनुसार न्यायपरिषद सदस्य बन्न पाइने एकजनाको कोटामा ३२ जना वकिलहरु आंकाक्षी थिए । डेमोक्रेट खेमाबाट हरिशंकर निरौला पनि आंकाक्षी थिए ।

शनिबार बारको बैठकमा मतदान हुँदा सबै आकांक्षीलाई मत दिन सक्ने भनिएको थियो । तर श्रेष्ठ र नेपालले मात्र मत पाएका छन् ।

श्रेष्ठले १३ मत पाउँदा नेपालले १० मत मात्र पाएका छन् । र, तीन मतकमो फरकले रामप्रसाद श्रेष्ठ छानिएका छन् ।

२२ कात्तिक २०७७, शनिवार १७:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु