प्रचण्डले केन्द्रीय सदस्यलाई काठमाडौं बोलाए

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समिति सदस्यहरूलाई काठमाडौं बोलाउनुभएको छ ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष दाहालले विशेष छलफल गर्ने भन्दै आफू निकटका स्थायी समिति सदस्यहरूलाई काठमाडौं बोलाउनुभएको बताइएको छ ।

तर काठमाडौं किन बोलाइयो भन्‍नेबारे भने केही जानकारी नदिइएको एक नेताले बताए ।

कर्णालीमा मुख्यमन्त्रीविरुध्द आफ्नै दलका नेताले अविश्‍वास प्रस्ताव दर्ता गरेपछि सुरु भएको नेकपाको पछिल्लो विवाद फुटको सँघारमा पुगेको छ ।

यसअघि शनिवारको भेटमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पार्टी फुटाउने प्रस्ताव गर्नुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले खुलासा गर्नुभएको थियो ।

प्रधानमन्त्रीका विश्वासपात्र मानिएका अर्थमन्त्री तथा पार्टी महासचिव विष्णु पौडेलले पनि नेकपाको एकता गम्भीर संकटमा परेको अभिव्यक्ति दिनुभएको थियो ।

१७ कात्तिक २०७७, सोमवार ०६:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु