महेश बस्नेतले मागे नारायणकाजी श्रेष्ठको राजीनामा

 

नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं सांसद महेश बस्नेतले सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ताको पद त्याग्नुपर्ने बताएका छन् ।

पार्टीको प्रचार विभाग प्रमुख समेत रहेका श्रेष्ठले पार्टीको निर्णय र अध्यक्षद्धयको सन्देश बोक्नुपर्नेमा नेतृत्वप्रति कुण्ठा व्यक्त गर्न थालेपछि सांसद बस्नेतले प्रवक्ताको पद त्याग्न सुझाव दिएका हुन् ।

सांसद बस्नेतले पार्टीको हित, संगठनको हित र समाजको हित भन्दा तल व्यक्ति हित राख्नेगरी सपथ खाएको मान्छेले संगठनको हितमा बोल्नुपर्ने उनको भनाई छ । ‘नेकपाको प्रवक्ता जस्तो मान्छेले यो बेलेमा व्यक्तिगत कुरा गर्न नपाउने तर पार्टी र देशको कुरा गर्नुभो’ बस्नेतले भने ।

१७ कात्तिक २०७७, सोमवार ०६:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु