बेलायतमा पुनः देशव्यापी लकडाउन, नेपालमा के गर्ने ?

बेलायतले स्वास्थ्य तथा नैतिक संकट रोक्न भन्दै दोस्रो राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ ।

पछिल्लो निर्णय जारी गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले क्रिसमस ‘निकै फरक’ हुन सक्ने बताएका छन् । महामारी नियन्त्रणका लागि उठाइएको कदमका कारण उक्त पर्वका अवसरमा परिवारका सदस्यहरूबीच भेट हुन सक्ने वातावरण निर्माण हुने विश्वास उनले व्यक्त गरेका छन् ।

प्रधानमन्त्री जोन्सनले रेष्टुराँ, व्यायामशाला र अति आवश्यक सेवामा नपर्ने पसल सबै चार हप्ताका लागि बन्द गरिने बताएका छन् । तर यसअघिको लकडाउनमा बन्द गरिएका विद्यालय र विश्वविद्यालयलाई यस पटक खुला रहन सक्नेगरी निर्णय सार्वजनिक गरिएको छ ।

पछिल्लो निर्णय अनुसार निर्माणस्थल र उद्योगहरू खुला रहन सक्नेछन्, छुट्टिएर बसेका बाबुआमा छन् भने छोराछोरी बाबु वा आमाकहाँ जान पाउनेछन् ।

जोखिममा रहेका मानिसलाई विशेष सावधानी अपनाउन भनिएको छ । प्रधानमन्त्री जोन्सनले लकडाउनले व्यवसायमा पर्ने असर दुःखदायी हुने भन्दै कामदारलाई सरकारले काम नगरे पनि ८० प्रतिशत तलब दिने नीति नोभेम्बरसम्ममा जारी गर्ने बताएका छन् ।

अप्रिलमा भन्दा अझ बढी संक्रमण दर र मृत्यु दरका कारण नयाँ बन्दाबन्दीको घोषणा गरिएको बताउँदै उनले ‘कुनै पनि जिम्मेवार प्रधानमन्त्रीले’ त्यसलाई कम आकलन गर्न नसक्ने धारणा राखे ।

अहिले संक्रमण तुलनात्मक रूपमा कम रहेको बेलायतको दक्षिण पश्चिमी क्षेत्रका अस्पताल समेत केही दिनमा बिरामीको चाप थेग्न नसक्ने अवस्थामा पुग्ने जोन्सनले बताएका छन् ।

१७ कात्तिक २०७७, सोमवार ०६:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु