प्रचण्ड पुत्रीद्वय रेणु र गंगा अचानक नयाँदिल्ली पुगेको खुलासा

भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामान्त गोयल दिल्ली फर्केलगत्तै नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका पुत्रीद्वय नयाँदिल्ली पुगेको जनाइएको छ ।

झापाबाट बागडोरा हुँदै रेणु दाहाल र गंगा दाहाल नयाँदिल्ली पुगेको खुलासा भएको देखापढी डटकममा  समाचार छ ।

‘‘समाचारमा भनिएको छ, ‘बुबाका प्रतिनिधि भएर गएका छोरीहरूले ‘रअ’का केही प्रतिनिधिहरूलाई भेटघाट गरेर फर्केपछि मात्रै प्रचण्ड बालुवाटार पुगेको देखिन्छ ।’
दाहाल पुत्रीद्वय दसैंको टीकाको भोलिपल्ट अर्थात् कात्तिक ११ गते झापाबाट भारतको वागडोरा विमानस्थल हुँदै नयाँदिल्ली पुगेका थिए ।

१७ कात्तिक २०७७, सोमवार ०६:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु