आली र प्रचण्डबीच फेरि भयंकर दरार

केन्द्रीय समिति बैठक पठक-पटक स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटलाई मात्रै समेटेर मन्त्रीमण्डल पुनर्गठन गरेपछि कार्यकारी अध्यक्ष दाहाल रुष्ट बनेका छन्।

सोही कारण कर्णाली प्रदेशका सांसदहरूसँग भएको छलफल कार्यकारी अध्यक्ष दाहालले बहिष्कार गरे। दाहालको बहिष्कारका कारण प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशका दुवै पक्षसँग लामो कुरा गर्नु परेको थियो।

‘‘छलफलमा प्रचण्डजीलाई पनि बोलाइएको थियो तर उहाँ छलफलमा आउनुभएन,’’ प्रधानमन्त्री ओलीलाई उद्यृत गर्दै कर्णालीका एक सांसदले भने ।’’

नेकपा केन्द्रीय समिति बैठक एक महिना पर सर्‍यो

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध नेकपाका १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि त्यसबारे छलफल गर्न कर्णाली प्रदेशका सांसदहरूलाई काठमाडौं बोलाइएको थियो।

सोज २९ भित्र काठमाडौं आउने लिखित निर्देशनसँगै सांसदहरू काठमाडौं आइपुगे पनि अध्यक्षद्वय ओली र प्रचण्डसँग सामूहिक छलफल गर्न पाएनन्। तर, यो विषय एक ढङ्गले मिलेको जस्तो देखिएको छ ।

यी लगायतका विषयमा अध्यक्षद्धय आली र प्रचण्डबीच फेरि भयंकर दरार उत्पन्न भएको नेताहरु बताउन थालेका छन् ।

केन्द्रीय समिति बैठक पठक- पटक स्थगित हुँदै आएको छ ।

नेकपा जुनसुकै बेला फुट्न सक्छ : प्रधानमन्त्री ओलीको संकेत

नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५ गतेका लागि सारिएको जनाएको छ। कोभिड १९ को बढ्दो प्रकोपलाई ध्यानमा राख्दै बैठक एक महिनापछि सारिएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाल र श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

भदौ २६ गते भएको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठक कातिक १५ देखि १७ गतेसम्म गर्ने निर्णय गरेको थियो।

तर, आफुसंग ठोस सल्लाह नै नगरी एक्तर्फी रुपमा विज्ञप्ती निकालिएको भन्दै प्रचण्डले आफु निकटका नेताहरुसँग पार्टीमा ‘अति’ हुन थालेको बताएको स्रोतको दाबी छ ।

नेकपा केन्द्रीय समिति बैठक एक महिना पर सर्‍यो

पोखरेललाई थप शक्तिशाली बनाउँदै प्रधानमन्त्री ओली

 

 

१२ कात्तिक २०७७, बुधवार १४:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु