यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (पूर्णपाठ)

मन्त्रिपरिषद्को सोमबार बसेको बैठककले विभिन्न निर्णय गरेको छ ।

सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बुधबार पत्रकार सम्मेलन गरेर बैठकका निर्णयहरु सार्वजनिक गरेका छन् ।

निर्णयअनुसार कालीमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्षमा डा. योगेन्द्र कुमार कार्कीलाई नियुक्त गरिएको छ भने कार्यकारी निर्देशक पदमा विनोद कुमार भट्टराईलाई नियुक्त गरिएको छ ।

यसैगरी विभिन्न देशमा कार्यरत महावाणिज्य दूतहरुको पदावदी थप गर्ने निर्णय भएको छ भने शिक्षक सेवा आयोगको अध्यक्ष र दुई सदस्यको नियुक्तिका लागि सिफारिस गर्न एक समित गठन गर्ने निर्णय भएको ज्ञवालीले बताए ।

यसैगरी, राष्ट्रपति कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्नेलगायतका निर्णय पनि बैठकले गरेको छ ।

 

२१ असोज २०७७, बुधवार १५:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु