युवराज खतिवडासहित प्रस्तावित तीन राजदूतविरुद्ध उजुरी आव्हान
संघीय संसद संसदीय सुनुवाइ समितिले युवराज खतिवडासहित विभिन्न देशका तीन वटा देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आव्हान गर्ने निर्णय गरेको छ ।
सरकारले केही दिन अगाडि युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा र लोकदर्शन रेग्मीलाई बेलायतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा सरकारले डा. निर्मल कुमार विश्वकर्माको नाम सिफारिस भएको छ ।
बुधबार बसेको सुनुवाइ समितिको बैठकले तीनै जना विरुद्ध १० दिने उजुरी आव्हामन गर्ने निर्णय गरेको छ ।
२१ असोज २०७७, बुधवार १५:११ बजे प्रकाशित





