बलात्कारीलाई मृत्युदण्ड दिनैपर्छ : पुष्पा भुसाल

नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले बलात्कारीलाई मृत्युदण्ड दिनैपर्र्ने बताएकी छन् ।
नेतृ पुष्पा भुसाल भन्छिन्, ‘१६ वर्ष मुनिकामाथि बर्बर रुपमा जुन किसिमले बलत्कार र बलात्कारपछि हत्या बढिराखेको छ । यो घटनालाई न्यूनीकरण गर्न अहिलेको कानुन पर्याप्त नभएकाले मृत्युदण्डसम्मको छलफल अगाडि बढाउनुपर्छ भन्ने हाम्रो मान्यता छ ।’
महिला हिंसा र बलात्कारको घटनामा फास्ट ट्र्याकमा अनुसन्धान हुनुपर्छ भन्ने आफुहरुको माग रहेको भन्दै उनले अपराधीले फास्ट ट्रयाकबाट सजाय पाउँदा यस्ता घटनाहरु निरुत्साहित भएर जाने बताइन ।
भुसालकै शब्दमा
१६ वर्षमुनिका वालिकाहरुमाथि बलात्कार जस्तो जघन्य अपराध भइराखेको छ । बलात्कार गर्ने र बलात्कारपछि हत्या । सम्मानपूवर्क बाँच्न पाउने पाउन अधिकार भनेर लेखेको छ संविधानमा । तर, पीडित नै बाँच्न नपाउने अवस्था भयो ।
बलिकाहरूमाथि बलत्कार र बलत्कारपछि हत्या जुन छ त्यसलाई मानवताविरुद्धको संगिन अपराध भन्नुपर्ने हुन्छ । अवोध वालिकामाथि बलात्कार र बलात्कारपछि हत्या कुनै पनि मानवअधिकारसँग तुलना गर्नै नसकिने घटना हो । त्यसकारण यो जघन्य अपराध मानवताविरुद्धको संगिन अपराधका रुपमा व्याख्या गर्दै नयाँ ढङ्गबाट छलफल अगाडि बढाउनुपर्छ । धेरैको कुरा आएको छ– १६ वर्ष भन्दा मुनिको बालिकालाई बलात्कार र बलात्कारपछि हत्या गर्नेलाई मृत्युदण्ड दिनुपर्छ ।
मृत्युदण्ड भन्ने वित्तिकै निर्दोष व्यक्ति पनि फस्छ कि भन्ने छ । बरु दश वटा दोषी छुटुन् एउटा निर्दोषले सजाय नपाउन् भन्ने क्रिमिनल जस्टिसको प्रिन्सिपल हो । तर, बलात्कारको घटनामा बिना प्रमाण निर्णय दिन मिल्दैन । फास्ट ट्रयाकबाट प्रमाणहरू आयो भने अपराधी को हो भन्ने पुष्टि हुन्छ ।
यसकारण १६ वर्ष मुनिकामाथि बर्बर रुपमा जुन किसिमले बलत्कार र बलात्कारपछि हत्या बढिराखेको छ । यो घटनालाई न्यूनीकरण गर्न अहिलेको कानुन पर्याप्त नभएकाले मृत्युदण्डसम्मको छलफल अगाडि बढाउनुपर्छ भन्ने हाम्रो मान्यता छ ।
२१ असोज २०७७, बुधवार १५:५१ बजे प्रकाशित