अर्थमन्त्रीमा खतिवडा नै कि गौतम ? निर्णय आज

भदौ २० गते अर्थ मन्त्री युवराज खतिवडाको राष्ट्रियसभाबाट कार्यकाल समाप्त हुदैछ । उक्त रिक्त पदमा वामदेव गौतमलाई लाने कि युवारज खतिवडालाई दोहोर्‍याउने भन्ने विषयमा नेकपाभित्र रडाको शुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले युवराजलाई दोहोर्‍याउनुपर्ने अडान राख्दै आएका छन् ।

अर्थमन्त्री डा। युवराज खतिवडाले तेस्रो कार्यकालका लागि निरन्तरता पाउने वा नपाउने टुङ्गो आज लाग्ने भएको छ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा को आज बस्ने सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यमा कसलाई मनोनित गर्ने भन्ने निर्णय गरेपछि अर्थमन्त्रीमा खतिवडा कामय रहने वा नरहने भन्ने निर्क्यौल हुन्छ।

बामदेवबारे ओली र प्रचण्डबिच बालुवाटारमा भेटघाट

राष्ट्रपतिबाट राष्ट्रिय सभामा सदस्यमा मनोनित भएका खतिवडाको कार्यकाल गोलाप्रथाबाट दुई वर्षको लागि टुङ्गो लागेको थियो, जुन २० फागुन २०७६ मा सकियो। त्यससँगै उनको अर्थमन्त्रीको पद पनि गुमेको थियो।

संसद सदस्य नरहेको व्यक्ति पनि ६ महीनासम्मको लागि मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई पुनः अर्थमन्त्रीमा नियुक्त गरेका थिए।

त्यसरी मन्त्री हुने व्यक्ति ६ महीनाभित्र संसद सदस्य भइसक्नुपर्ने नभए मन्त्री पद गुम्ने संवैधानिक व्यवस्था अनुसार खतिवडाको अर्थमन्त्रीको पद आगामी २० भदौमा सकिदै छ।

पार्टीभित्रको किचलो व्यवस्थापनको लागि पनि ओली वामदेवलाई टार्न सक्ने अवस्थामा छैनन्। अझ गौतमले त राष्ट्रिय सभामा मनोनित भएसँगै उपप्रधानमन्त्री र अर्थमन्त्री पद पनि आफूले पाउनु पर्ने माग प्रधानमन्त्री ओलीसँग गरेका छन्।

तर, प्रधानमन्त्री ओली भने खतिवडालाई नै अर्थमन्त्री पदमा निरन्तर गराउनको लागि राष्ट्रिय सभा सदस्यमा खतिवडाकै नाम सिफारिस गर्ने मनस्थितिमा छन्।

तर, प्रधानमन्त्री ओलीको योजनामा नेकपामा उपाध्यक्ष वामदेव गौतमले तगारो हालेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेमध्ये राष्ट्रिय सभामा एक सिट खाली छ। बर्दीयाबाट चुनाव हारेका गौतमले पनि राष्ट्रिय सदस्य दाबी गरेका छन्।

पार्टीभित्रको किचलो व्यवस्थापनको लागि पनि ओली वामदेवलाई टार्न सक्ने अवस्थामा छैनन्। अझ गौतमले त राष्ट्रिय सभामा मनोनित भएसँगै उपप्रधानमन्त्री र अर्थमन्त्री पद पनि आफूले पाउनु पर्ने माग प्रधानमन्त्री ओलीसँग गरेका छन्।

राष्ट्रिय सभा सदस्य मनोनितकै विषयमा निर्णय गर्न आज ११ बजे बोलाइएको नेकपाको सचिवालय बैठक दिउँसो ३ बजेसम्मको लागि सारिएको छ।

प्रधानमन्त्री ओलीको आन्तरिक परामर्श र छलफल नसकिएको हुँदा सचिवालय बैठक सरेको छ।

प्रधानमन्त्री ओली भने अझै पनि युवराज खतिवडालाई नै राष्ट्रिय सभामा सिफारिस गराएर अर्थमन्त्रीमा निरन्तरता दिन सकिन्छ कि भन्ने अन्तिम कसरतमा छन्।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको प्रयासले कति सार्थकता पाउँछ भन्ने कुरा सचिवालय बैठकको निर्णयमा नै निर्भर रहन्छ।

१८ भदौ २०७७, बिहीवार ११:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु