बामदेवबारे ओली र प्रचण्डबिच बालुवाटारमा भेटघाट

नेकपाको केन्द्रीय सचिवालय बैठकको एकदिन अघि आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
प्रचण्ड बुधबार ५ बजे ओलीलाइ भेटन् बालुवाटार पुगेको स्रोतले जनाएको छ ।
नेकपाको सचिवालय बैठक बिहीबार ११ बजे बस्दैछ । उक्त बैठकमा विवाद समाधान गर्न गठित कार्यदलले दिएको प्रतिवेदनका बारेमा छलफल हुने एजेण्डा तय भएको छ ।
तर, भोलिको बैठकमा उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभामा जान तयार रहेको समाचार सार्वजनिक भएकाले त्यसबारे समेत छलफल हुनेछ ।
यसअघि राष्ट्रिय सभामा जान अस्वीकार गरेका गौतमले सोमबार पुनस् आफू राष्ट्रिय सभामा जाने इच्छा प्रकट गरेपछि रिक्त एक पदमा कसलाई पठाउने भन्ने नेकपामा मत बाझिएको छ ।
प्रधानमन्त्री केपी ओली गौतमले राष्ट्रिय सभामा नजाने भएको खण्डमा हालका अर्थमन्त्री समेत रहेका युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा भएपनि गौतमले पुनस् जाने बताएपछि ओली अप्ठेरोमा परेका हेन् ।
१७ भदौ २०७७, बुधवार १८:५२ बजे प्रकाशित