उपत्यकामा १२ वर्षमुनी, ६० वर्षमाथि र दीर्घ रोगीलाई घरबाट निस्कन ‘रोक’

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञाको निर्णय भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधबार थप एक साताका लागि उपत्यकामा निषेधाज्ञा तथ गर्ने निर्णय गरेका हुन्।

निषेधाज्ञाको मोडालिटी केही परिवर्तन भएको छ। बुधबार राति १२ बजेबाट भदौ २४ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू भएको हो। निषेधाज्ञा अनुसार अब १२ वर्षमुनी, ६० वर्षमाथि र दीर्घरोगी घरबाहिर निस्कन पाउने छैनन्।

अत्यावश्यक कामबाहेक घरबाट कोही निस्कने पाउने छैनन्। यद्यपि अत्यावश्यक काममै पनि १२ वर्षमुनी, ६० वर्षमाथि र जुनसुकै उमेरका भए पनि दीर्घ रोगीलाई घरबाहिर निस्कन निषेध गरिएको छ।
उपत्यकाका तीन सीडीओले निषेध गरिएका सेवा उल्लेख गरेर सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘अत्यावश्यक सेवा तथा कामका लागि समेत १२ वर्ष मुनीका बालबालिका, ६० वर्षमाथिका नागरिक एवम् दीर्घ रोग भएका जुनसुकै उमेरका मानिसहरु घरबाट बाहिर निस्कन।’

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो, केकेमा खुकुलो भयो ?

अत्यावश्यक सामानसँगै भन्सारबाट जाँचपास गरी आएका सबै प्रकारका मालबाहक सवारी साधनलाईसमेत उपत्यका प्रवेशको अनुमति दिइएको छ। अन्य सवारी सवारी साधनलाई उपत्यका प्रवेशमा रोक लगाइएको छ।

अत्यावश्यक सवारी साधनमा आउने चालक र सहयोगी अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गर्नुपर्ने निर्णयसमेत भएको छ। निषेधाज्ञाको समयमा गुड्ने अत्यावश्यक सवारी साधनमामा सवारी व्यक्तिले अनिवार्य फोटोसहितको परिचय बोक्नुपर्नेछ।

१७ भदौ २०७७, बुधवार १९:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु