कूटनीतिक नियोगका सिफारिसमा  एनआरएनएलाई पनि  नेपाल आउन दिने सरकारको निर्णय

विदेशबाट दैनिक ८०० जनाको उद्धार गर्ने

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कूटनीतिक नियोगका सिफारिसमा नेपाल आउनै पर्ने अवस्थाका गैरआवासीय नेपालीलाई नेपाल आउन दिने निर्णय भएको खतिवडाले बताए ।

यस्तै सरकारले गैरआवासीय नेपाली (एनआरएनए) लाई नेपाल आउन दिने भएको छ । विदेशी नागरिकता लिएका एनआरएनएहरुले नेपाल आउन नपाएको भन्दै गुनासो गर्दै आएका थिए ।

सरकारले विदेशबाट दैनिक ८०० नेपालीको उद्धार गर्ने निर्णय गरेको छ । यसअघि सरकारले दैनिक ५०० जनासम्मको मात्रै उद्धार गर्ने गरेकोमा अब ८०० जनासम्मको उद्धार गर्ने निर्णय गरेको हो । विदेशमा रहेका नेपालीको उद्धार नियमित र चार्टर फ्लाइटमार्फत पर्यटन मन्त्रालयले आवश्यकताअनुसार गर्नेछ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयको जिम्मेवारी र जवाफदेहीतामा उडान संख्या, यात्रुको व्यवस्थापन, क्वारेन्टाइन र आइसोलेशनको उपलब्धताको आधारमा दैनिक ८०० जना नबढ्ने गरी चार्टर र नियमित उडानको माध्यमबाट अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

धेरै निकायबीच समन्वय गर्न पर्दा समन्वयको अभावमा केही अन्योल भएको भन्दै उनले अहिले मन्त्रालयलाई नै पूर्ण जिम्मेवारी दिइएको बताए ।

 

 

१५ भदौ २०७७, सोमवार १७:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु