भारतको चलखेलले रोक्यो नेपालमा चिनियाँ भ्याक्सिनको परीक्षण !
नेपालमा कोरोनाविरुद्धको चिनियाँ भ्याक्सिन परीक्षण रोकिएको छ । भारतको दबाबमा चिनियाँ भ्याक्सिनको परीक्षण रोकिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले नागरिकखबरलाई जानकारी दिए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तत्कालका लागि भन्दै हिजो क्लिनिकल ट्रायलका सबै प्रक्रिया स्थगित गरेको थियो ।
तर, परिषद्का सचिव डा।प्रदीप ज्ञवालीले भने विभिन्न क्षेत्रका विज्ञको सुझावका आधारमा क्लिनिकल परीक्षण पर सार्ने निर्णय गरिएको बताए ।
डा। ज्ञवालीले भने, क्लिनिकल ट्रायल सफल हुन्छ भन्ने छैन । थप विस्तृत अध्ययन र विश्लेषणपछि मात्र खोप परीक्षण हुन सक्छ भन्ने विज्ञको सुझावलाई ध्यान दिएर तत्कालका लागि प्रक्रिया स्थगित गरिएको हो । प्रारम्भिक चरणका अनुसन्धानमा सहभागिता जनाउनका लागि हामीले पहल गर्नेछौँ ।
नेपालमा चीन, अक्सफोर्ड विश्वविद्यालय र रसियाले आफ्नो देशमा उपत्पादन गरेका भ्याक्सिनको तेस्रो चरणको परीक्षण गर्ने इच्छा व्यक्त गरेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षण गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने जिम्मेवारी परिषद्लाई दिएको थियो ।
भारतीय राजदूतावासको सक्रियता
चिनियाँ भ्याक्सिनको परीक्षण रोक्नका लागि भारतले काठमाडौंमा चलखेल गरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले दावी गरेका छन् ।
उनले भनेका छन्, ुभारतले आफ्नो भ्याक्सिन परीक्षण गर्नेगरी उच्च राजनीतिक नेतृत्वमा दबाब दिएर यस्तो निर्णय भएको हो ।
भारतको भ्याक्सिनको परीक्षण नेपालमा गर्ने नीति अनुसार नै यहाँ राजनीतिक चलखेल भयो । यो राम्रो भएन ।
दुई दिनअघि भने परिषद्ले विभिन्न सञ्चारमाध्यममार्फत चिनियाँ भ्याक्सिनको तेस्रो चरणको परीक्षण गर्ने प्रक्रिया अगाडि बढेको जनाएको थियो । तर, आश्चर्यजनक तरिकाले हिजो परिषद्ले भ्याक्सिन परीक्षण नगर्ने निर्णय गरेको छ ।
चिनियाँ दूतावास निकट एक विज्ञले नागरिकखबरसँग भने, ुभ्याक्सिन परीक्षणका लागि सबै प्रक्रिया अगाडि बढेको थियो ।
दक्षिण एसियाका धेरै देशले परीक्षण गरेको र सफल हुँदै गएको यो भ्याक्सिनको परीक्षण नगर्ने निर्णय भारतीय दबाबमा भएको हो । मन्त्रीदेखि छोराहरुसम्म प्रयोग भएका छन् ।
भारतीय राजदूतावासको दबाबमा नेपालमा एकाएक निर्णय गरियो । दुई दिनअघिसम्म परीक्षणको प्रक्रिया अगाडि बढाउने र दुई दिनपछि किन स्थगित गरियो रु यो प्रश्नको जवाफ परिषद्सँग सोध्नुस् ।
चिनियाँ भ्याक्सिनको परीक्षण अहिले दक्षिण एसियाका बंगलादेश, श्रीलंका, पाकिस्तानमा पनि भइरहेको छ ।
रसिया, ब्राजिल, युएईलगायतका देशले पनि यो भ्याक्सिन परीक्षण गरिरहेका छन् । भारतले भने अक्सफोर्डको भ्याक्सिन परीक्षण गरिरहेको छ ।
आफूले उत्पादन गर्ने भ्याक्सिन पनि प्रारम्भिक चरणको परीक्षण गरिरहेको भारतले नेपालमा प्रारम्भिक चरणको परीक्षण गर्न पहल थालेको छ ।
भ्याक्सिनको मात्र नभएर यहाँ औषधि, पिसिआर परीक्षण तथा ठेक्कापट्टामासमेत चलखेल भइरहेको विज्ञको दाबी छ ।
एक चिकित्सक भन्छन्, विभिन्न प्रकारका औषधि बेच्नेहरुले यहाँ कोरोना रोक्न पहल गर्नेलाई प्रभावमा पारे । भारतीय राजदूतको संक्रयताले त्यसलाई मद्दत गर्यो ।
कमिसनले देश बर्बाद नै भयो । कोरोनाको भयावह अबको एक महिलापछि आउँदैछ । भारतीय भ्याक्सिन परीक्षणका लागि त्यसै अनुसारको मापदण्ड बनाएर काम गर्न थालिएको छ ।
१५ भदौ २०७७, सोमवार १७:३५ बजे प्रकाशित




