प्रधानमन्त्री निवास बालुवाटारबाट भिख माग्दै काँग्रेस वीपीका महामन्त्री
कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी कदमको शुरुवात नगरी लकडाउन र निषेधाज्ञालाई मात्रै विकल्पको रुपमा अघि सारेको भन्दै नेपाली काँग्रेस बीपीले सरकारको विरोध गरेको छ ।
जनतालाई घरमै राखी कुनै राहत नदिई भोकभोकै मर्ने दिन आएको भन्दै उक्त पार्टीले आफ्ना महामन्त्री सुशीलमान शेरचनको नेतृत्वमा बालुवाटारबाट भीख माग्ने जनाएको छ ।
उक्त भीखबाट प्राप्त वस्तुहरु दैनिक ज्यालादारी गर्ने मजदूर, विद्यार्थी र निम्न वर्गहरुलाई राहत वितरण गर्ने उक्त पार्टीका कार्यालय सचिव सुशीलराज वाग्लेले एक विज्ञप्ति जारी गर्दै जनाएका हुन् । उनले विज्ञप्तिमा भीख दिई सहयोग गरिदिन सबैमा आग्रह पनि गरेका छन् ।

१५ भदौ २०७७, सोमवार ११:२५ बजे प्रकाशित





