बामदेवलाई राष्ट्रियसभामा नलगिने, डा. खतिवडालाई दोहोर्याउने तयारी

नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित नगरिने भएको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले गौत्तमलाई राष्ट्रिय सभामा मनोनित नगर्ने संकेत गरेका छन् । प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय परिवर्तन भएको समेत बताएका छन् ।

‘एकपल्ट उहाँलाई प्रतिनिधिसभाको चुनाव लडाउने कुरा भएको थियो । त्यसपछि त्यो निर्णय सकिएको छ । यसअघि उहाँले पनि राष्ट्रिय सभाको चुनावमा नजाने भन्नु भएको थियो’ प्रधानमन्त्री ओलीको भनाई छ ।

गौत्तमलाई नलगेर ओलीले अर्थमन्त्री डा.युवराज खतिवडालाई दोहोरेयाउन खोजेका छन् ।

प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्रीहरु परिवर्तन नहुने पनि बताएका छन् । आफू स्थिरताको पक्षमा रहेकाले अहिले कसैको आवश्यकताका लागि मुख्यमन्त्रीहरु परिवर्तन नहुने उनले प्रष्ट पारेका छन् ।

१५ भदौ २०७७, सोमवार ११:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु