उद्धार फ्लाईट नरोक्ने विशेष प्रस्ताव मन्त्रिपरिषदको बैठकमा पेश
उद्धार फ्लाईट नरोक्न विशेष प्रस्ताव मन्त्रिपरिषदको बैठकमा पेश भएको छ ।
पर्यटनमन्त्री योगेशकुमार भट्टराईले आज साँझ ६ बसेको मन्त्रिपरिषदको बैठकमा यस्तो प्रस्ताव लगेको एक मन्त्रीले जानकारी दिए ।
आफूलाई थाहै नदिईकन उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको सिसिएमसी निर्देशक समितिले उद्धार फ्लाईट स्थगित गरेकोमा भट्टराई रुष्ट थिए ।
उक्त समितिले अनुमति नदिँदा मंगलबार दुई सय ६६ नेपाली दुबई विमानस्थलबाट उडन नपाएको समाचार बाहिर आएको थियो ।
घर आउने सम्पूर्ण तयारी पूरा गरी विमानस्थल पुगेका उनीहरू निराश भएर त्यहाँबाट फर्कनुपरेको र दुवई पुगेको जहाज रित्तै फर्किएको समाचार आएका थिए ।
सोमबार साँझ सिसिएमसीले कोरोनाकै कारण देखाएर एकाएक विदेशबाट नेपाली नल्याउन पत्राचार गरेको र यसबारेमा आफूसँग कुनै सहमति नलिईएको भन्दै मन्त्री भट्टराई उपप्रधानमन्त्री पोखरेलसँग रुष्ट छन् ।
मन्त्रिपरिषदको बैठकमा उद्धार उडान नियमित गर्नेगरि मन्त्रीले प्रस्ताव लगेका बुझिएको छ ।
४ भदौ २०७७, बिहीवार २०:०५ बजे प्रकाशित





