मन्त्रिपरिषद बैठक सकियो
मन्त्रिपरिषद् बैठक सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कोरोना भाइरस रोकथामबारे आवश्यक कदम चाल्नेबारे छलफल भएको जनाइएको छ ।
देशमा कोरोना भाइरसको संक्रमित संख्या वृद्धि भएसँगै सरकारले कडा कदम चाल्दै गएको छ ।
निषेधाज्ञाको अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।
त्यसैका आधारमा आजबाट १० भाद्रसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ ।
४ भदौ २०७७, बिहीवार १९:५१ बजे प्रकाशित





