नयाँ एमालेको केन्द्रीय समितिमा छन यी सदस्यहरु (सूचीसहित)
निर्वाचन आयोगले नेकपा एमाले नयाँ पार्टी दर्ता गरेको छ ।
निवेदन परेको करिब दुई महिनापछि आयोगले नेकपा एमाले दल दर्ता गरेको हो । गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो ।
नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् ।
पार्टीले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको थियो । नेकपा एमाले नेपालको एक सय ३२ औं पार्टी बनेको छ ।
निर्वाचन आयोगमा नेकपा एमाले दर्ता, पार्टीको छाप सूर्य
दलको अध्यक्ष सन्ध्या तिवारी छन् । उनी मोरङको विराटनगर महानगरपालिका–६ की हुन् । १२ असारमा महासचिव मनिषकुमार उपाध्यायले आयोगमा निवेदन दिएका थिए ।
अध्यक्ष सन्ध्या तिवारी
उपाध्यक्ष भगवती खड्का
महासचिव मनिष कुमार उपाध्याय ।
अस्मिता सुनार–सचिव प्रदेश
दावा लामा सचिव प्रदेश
जयराम रावत सचिव प्रदेश
खगेन्द्र प्रसाद भुषाल सचिव प्रदेश
राधा पुरी सचिव प्रदेश
हिरा बहादुर बोहोरा सचिव प्रदेश
तारा देवी शाही सचिव प्रदेश
सदस्यहरू
पवन विष्ट, निलम पोखरेल, किरण लामिछाने, उमेश महतो, उषा कुमारी झा, उदिपराज गिरी, पूर्णिमा तामाङ, निश्चत बस्नेत, सञ्जीव विष्ट, विनिता कार्की र विमला विष्ट रोका ।
३ भदौ २०७७, बुधवार १७:४१ बजे प्रकाशित





