सन्धुलीका ग्रामीण क्षेत्रमा खानेपानीको हाहाकार
सन्धुली, ११ चैत । गएको बैशाख १२ गतेको विनाशकारी भुकम्प र लामो समय देखीको खडेरीका कारण सिन्धुलीका ग्रामीण क्षेत्रमा खानेपानीको समस्या हुन थालेको छ । पानीका मुहानहरु सुकेपछि खानेपानीको हाहाकार भएको हो । लाखौ लगानी गरेर निमार्ण गरीएका खानेपानी आयोजनाको मुहानमै खाने पानी सुके पछि धाराहरुमा पानी आउन छाडेको उपभोक्ताहरु बताएका छन । जिल्लाका रानिचुरी, क्यानेश्वर, चौपली, कपिलाकोट, कमलाखोज लगायतका ३५ भन्दा बढी गाविसका स्थानिय खानेपानीको समस्यामा छन् । एक गाग्री पानीको लागी तीन घण्टा भन्दा बढि हिंड्नुपर्ने बाध्यता रहेको रहेको स्थानीयले गुनासो गरेका छन । खानेपानीको समस्या भएपछि सिन्धुली ग्वालटार लगाएतका गाविसहरुमा गाई, भैंसी लगाएतका पशुचौपायले समेत पानी पिउन पाएका छैनन् । खानेपानीकै लागी घरका एक जनाको दिन बित्ने गरेको पानीको समस्याले अरु काम गर्न नपाएको स्थानिय खेम बहादुर कार्की बताए । पानी अभावमा सरसफाईमा समेत ध्यान दिन सकिरहेका छैनन् । पानीकै समस्याले स्थानीय विरामी पर्न थालेका बताइएको छ । (रुद्र खड्का)
११ चैत २०७२, बिहीवार ०७:४७ बजे प्रकाशित