इलामको ‘माङसेबुङु’ शाकाहारी गाउँ घोषणा
इलाम, १२ चैत । इलाम बाँझो गाविस वडन नम्बर ८ र ९ स्थित माङसेबुङलाई शाकाहारी गाउँ घोषणा गरिएको छ । धुम्रपान, मद्यपान, लागुऔषध, माछामासु सेवन, पशुपक्षी हत्या गर्न नपाइने भन्दै शाकाहारी गाउँ घोषणा गरिएको हो ।
गाविसको पूर्वमा बेलबोटे, पश्चिममा रतुवा घर्ती दोभान, उत्तरमा नेम्बाङ चोक र दक्षिणमा मजुवा र पाङ्ग्रेधामसम्मलाई शाकाहारी क्षेत्र घोषणा गरिएको छ ।
किरात धर्मावलम्बी बसोबास गर्ने गाउँलाई एका कार्यक्रमका बिच इलामका सहायक पमुख जिल्ला अधिकारी सुजन फागोले शाकाहारी गाउँ घोषणा गरे ।
माङसेबुङमा सशस्त्र द्वन्द्वका समयमा पाँचथर, ताप्लेजुङ, झापा र इलामका विभिन्न ठाउँबाट बसाइँ सरेका थिए ।
करिब एक हजार घरधुरी बसोबास रहेको त्यस क्षेत्रमा प्रत्येक बुधबार शाकाहारी हाट लाग्ने गरेको छ । किरात चुम्लुङ मुहिङगुम आङ्सिमाङ्गेना सेवा समितिका अध्यक्ष केहेरसिंह योङहाङले शाकाहारी गाउँ घोषणाले वर्षाैंदेखि बसोबास गर्ने किरात धर्मावलम्बीको भावनाको कदर भएको प्रतिक्रिया दिए ।
१२ चैत २०७२, शुक्रवार ०४:५६ बजे प्रकाशित