वैद्य माओवादीको केन्द्रीय समिति बैठक सुरु, पार्टी एकता मुख्य एजेन्डा
काठमाण्डौँ, १२ चैत । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको केन्द्रिय समिति बैठक राजधानीमा सुरु भएको छ । नेवाः राज्यको कार्यालय कुपण्डोलमा जारी बैठकको मुख्य एजेण्डा पार्टी एकता बारेको छलफल रहेको छ । बैठकमा अध्यक्ष बैद्य र नेता रामबहादुर थापाको अलग अलग दस्तावेश पेश हुँदैछन ।
अध्यक्ष बैद्यले पार्टी एकताको सैद्धान्तिक राजनीतिक तथा सांगठनिक आधारहरु विषयक प्रस्ताव बैठकमा पेश गर्दैछन । थापा अध्यक्षको प्रस्तावमा फरक मत सहितको दस्तावेज पेश गर्ने तयारी गरेका हुन ।
एकिकृत माओवादी र क्रान्तीकारी माओवादी बिचको एकताबारे छलफल दुबै पार्टीका चलिरहेकाले जारी केन्द्रिय समितिलाई महत्वका साथ हेरिएको छ ।
क्रान्तिकारी माओवादीले अध्यक्ष मोहन वैद्य किरण र महासचिव रामबहादुर थापा बादलको नेतृत्वमा माओवादीहरुबीच एकताका लागि वार्ता समिति समेत गठन गरेको थियो । यसअघि नै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठकबाट पार्टी एकताबारे निर्णय हुने विश्वास व्यक्त गरिसकेका छन । विभिन्न माओवादी समूहसँग एकता गर्ने बारेमा छलफल चलिरहेको र त्यसको सुरुवात क्रान्तिकारी माओवादीबाट हुने उनको विश्वास छ ।
१२ चैत २०७२, शुक्रवार ०७:२९ बजे प्रकाशित