भारत जाने प्रधानमन्त्रीलाई चेतावनी नै चेतावनी !

pushpa-kamal-dahal-prachanda_650x400_81468312367काठमाडौँ, २८ भदौँ । भदौँ ३० गते विहीबारदेखि भारत भ्रमण शुरु गर्न लागेका  प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबैले चेतावनीमुलक सुझाव दिएका छन । उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी,उपराष्ट्रपति नन्दबहादुर पुन,पूर्वप्रधानमन्त्री तथा संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गरे ।  तर उनीहरुले दलहरुको सुझावलाई आत्मसात गर्न सुझाव दिए । राष्ट्रपति भवन सितल निवासमा पुगेर प्रधानमन्त्री दाहालले राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनलाइ आफ्नो भारत भ्रमणबारे ब्रिफिङ गर्दै सो सुझाव ग्रहण गरेका हुन । भेटमा राष्ट्रपति भण्डारीले दुइदेशबिचको सम्बन्धलाइ अझ सुदृढ बनाउदै राष्ट्रिय हितको पक्षमा भ्रमणलाइ फलदायी बनाउन प्रधानमन्त्री दाहाललाइ सुझाव दिइन ।  यसअघि मंगलबारै नै प्रधानमन्त्री दाहालले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्नुभएको छ । सो क्रममा पुर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री दाहाललाई भारत भ्रमणमा कुनै नयाँ सम्झौता नगरी विगतमा भएका सम्झौताको कार्यान्वयनमा जोड दिन सुझाव दिएका छन् । भारत भ्रमणमा जानु २ दिनअघि आज प्रधानमन्त्री दाहालले पूर्व प्रधानमन्त्रीहरुलाई परामर्श लिन बालुवाटारमा बोलाएका थिए । पुर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, बाबुराम भट्टराई र लोकेन्द्रवहादुर चन्दले पुराना सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड दिन सुझाव दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक समेत रहेका भट्टराईले १० बुँदे सुझाव पेश गर्दै दाहालालाई  भारत भ्रमणमा लिपुलेक र नेपाल–भारत सीमा विवादको कुरा उठाउन सुझाव दिए । भट्टराईले नेपाल–भारतबीच हुँदै आएको सीमा विवाद र लिपुलेक नेपालको हो भन्ने दाबी नेपालका तर्फबाट पेश गर्न सुझाव दिए ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र झलनाथ खनाल भने सो छलफलमा अनुपस्थित हुनुहुन्थ्यो । छलफलका क्रममा प्रधानमन्त्री दाहालले आफूले लामो ‘सपिङ लिस्ट’ लिएर भारत जान नलागेको बताउदै नेपाल भारत सम्बन्ध थप उचाईमा पु¥याउनु आफ्नो भ्रमणको प्रमुख लक्ष्य रहेको बताउनुभएको उहाको सचिवालयले जनाएको छ  । पूर्वप्रधानमन्त्रीहरुसँगको छलफल लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा प्रतिनिधित्व गर्ने दलहरुसग छलफल गरे । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय छलफलमा विभिन्न दलका नेताहरुले नेपालको अखण्डता,सार्वभौमसत्ता र स्वतन्त्रतालाइ ध्यानमा राख्दै राष्ट्रहित विपरित सम्झौता नगर्न प्रधानमन्त्री दाहाललाइ सचेत गराए । भारतसँग विगतमा भएका सम्झौता कार्यान्वयनतर्फ भ्रमण केन्द्रित गर्न विभिन्न राजनीतिक दलले प्रधानमन्त्री दाहाललाइ सुझाए । साथै दीर्घकालीन् प्रभाव पार्ने नयाँ सम्झौता नगर्न पनि केहि साना दलहरुले सुझाव दिए ।  भौगोलिक रुपमा पनि भारत नेपालभन्दा धेरै गुणा ठूलो रहेको र उसको चीन तथा अन्य छिमेकी मुलुकसँगको नीति नेपालसँग मेल नखाने भएकाले भारतको चाहनाअनुसार सम्झौता नर्गन आफुले सुझाव दिएको अर्का पूर्वउपप्रधानमन्त्री एवं नेकपा मालेका महासचिव सिपी मैनालीले जानकारी दिए । तराइको हुलाकी राजमार्ग निर्माणबारे सहमति कार्यान्वयनमा भारतलाइ दवाव दिनुपर्ने विभिन्न राजनीतिक दलको सुझाव छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको प्रधानमन्त्री भारत जाने कुराले नेपालमा धेरै चर्चा पाउने र आशंका पनि गर्ने गरिएको भन्दै आफ्नो भारत भ्रमण दुई देशीय सम्बन्ध सुदृढ गर्नेमा केन्द्रित हुने जिकिर गरे ।

२८ भदौ २०७३, मंगलवार १५:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु