ठुलो दुर्घटनाबाट जोगियो विमान, फेरी दुबई उड्दै
काठमाडौँ– नेपाल वायुसेवा निगमको एउटा विमानको मंगलबार दिउसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टायर पड्किएको छ । नया दिल्लीबाट आएको आर ए २०६ विमान अवतरणपछि पार्किङ्ग वे मा जाने क्रममा पछाडीको बाँया पट्टीको टायर पड्किएको विमानस्थल कार्यालय स्रोतले जनाएको छ । विमानमा परराष्ट्रमन्त्री प्रकाशशरण महतसहित १ सय ८० बढी यात्रु सवार थिए । सबै यात्रु सकुशल छन् । मन्त्री महतका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकका अनुसार महत र यात्रुलाई विमान रोकिएपछि गाडिको सहयोगमा विमान–स्थलसम्म ल्याइएको थियो । सो विमानको मर्मत साझँ नै गरिएको छ । मर्मत गरिएको विमानको चक्का फेरेपछि मंगलबार राती दुबई उड्न लागेको टीआइएले जनाएको छ ।
२८ भदौ २०७३, मंगलवार १५:३८ बजे प्रकाशित