चर्चामा स्वास्थ्यमन्त्री गगन थापा, कान्तिलाई १० निर्देशन
काठमाडौँ – स्वास्थ्य मन्त्री गगन थापाले राजधानीको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको सेवामा सुधार ल्याउन १० बुँदे निर्देशन दिएका छन । यसअघि विर अस्पतालको निरिक्षण गरेका उनले पछिल्लो समय यसबाट चर्चा पनि कमाई रहेका छन । जनताप्रति सेवाभाव देखाएको भन्दै थापाप्रति कतिले देशविकासको आशा फराकिलो बनाएको पनि बताएका छन । उनले मंगलबार कान्ति बाल अस्पतालको अनुगमन गर्दै आईसीयू सेवा थप विस्तारका लागि काम अघि बढाउन निर्देशन दिनु भएको हो । उहाँले अस्पतालमा आएका बिरामी किन, कसरी र को फर्कियो भन्ने विषयमा रेकर्ड राखेर तीन महिनाभित्र मन्त्रालयमा पेश गर्न समेत निर्देशन दिदै उपचारका लागि आउने विरामी उपचार नपाएर फर्किने गरेको गुनासो बढिरहेकाले अस्पताललाई तत्काल निर्देशन दिए । मन्त्री थापाले बिरामीका लागि सूचना दिन सूचना डेक्स तत्काल स्थापना गर्न, अस्पतालका समस्या र त्यसको समाधानबारे अस्पतालका निर्देशक, विशेषज्ञ चिकित्सक तथा कर्मचारीसँग छलफल गरे । छलफलका क्रममा अस्पतालका चिकित्सकहरुले अस्पतालभित्र रहेका समस्याबारे गुनासो पोख्दा मन्त्री थापाले अस्पतालमा भर्ना भएका बिरामीहरुसँग समेत उपचारका बेला हुने गरेका समस्याबारे जानकारी लिएका थिए ।
२८ भदौ २०७३, मंगलवार १५:४६ बजे प्रकाशित