प्रेस सेन्टर प्रदेश नम्बर ३ को नयाँ नेतृत्व चयन
काठमाडौं । प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ३ को नयाँ नेतृत्व चयन भएको छ । काठमाडौंमा बुधबार भएको एकता सम्मेलनले सुनिल खड्काको अध्यक्षतामा २६ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । सेन्टरको बरिष्ठ उपाध्यक्षमा कृष्ण लेकाली, खुल्लामा नवराज ढकाल तथा समावेशीमा शान्ता अधिकारीलाई चयन गरेको छ भने सचिवमा टेनिस रोका चयन भएका छन् ।
नयाँ कार्यसमिति चयनसँगै बुधबार नै प्रदेश ३ को पहिलो बैठक समेत बसेको छ । बैठकले सम्मेलन सम्पन्न गराउन सहयोग पुर्याउने सबैप्रति धन्यवाद ज्ञापन र प्रदेश ३ का निर्वतमान कार्यालय सदस्य बिनोद रायझामीको स्वास्थ्य शिघ्र लाभको कामना गरेको सचिव रोकाले जानकारी दिए ।
५ असोज २०७३, बुधवार १५:५२ बजे प्रकाशित